‘जात्रै जात्रा’ मा वर्षा र विपिन

काठमाडौं – प्रदीप भट्टराईको निर्देशन रहने चलचित्र ‘जात्रै जात्रा’ घोषणा गरिएको छ । राजधानीमा बिहिबार आयोजित एक कार्यक्रमका बीच चलचित्र घोषणा गरिएको हो ।
दशैको पूर्णिमाको भोलिपल्टबाट छायाँकन सुरु हुने बताइएको चलचित्रको लेखन निर्देशक प्रदीपले नै गरेका हुन् । ३५ दिनको छायाँकन सेडुल रहेको चलचित्र १७ फागुनमा रिलिज मिति तोकिएको छ ।
कार्यकारी निर्मात रविन्द्रसिंह बानिया, निर्माता सिंगे लामा र यादव पौडेल रहेको चलचित्रको छायाँकनमा शिवराम श्रेष्ठ, सम्पादनमा मित्र डी गुरुङ रहनेछन् । ‘हामीले जात्राभन्दा राम्रो कथा नपाएसम्म यसको सिक्वेल नबनाउने बताएका थियौ । जात्राको भन्दा राम्रो कथा पाएपछि यसको सिक्वेल बनाउन लागेका हौ’ कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले बताए ।
निर्देशक प्रदिप भट्टराईले चलचित्रले पैसाको मात्र कथा नभन्ने बताए । उनले जात्रा सकिएको ठाउँबाट नै जात्रै जात्राको कथा उठ्ने बताए । चलचित्रको सिक्वेलमा जोडिन पाउँदा उत्साहित रहेको अभिनेता बिपिनले बताउँदा अभिनेत्री बर्षाले जात्रा आफ्ना लागि करिअरको टर्निङ पोइन्ट हुने सुनाइन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ