केन्द्रीय संस्करण

गण्डकी विकास बैंकको एकै दिन २ शाखा विस्तार

person access_timeअसोज २५, २०७५ chat_bubble_outline0

काठमाडौं । गण्डकी विकास बैंकले आज एकैदिन २ शाखाको औपचारीक उद्घाटन गरेको छ ।

ताप्लेजुङ्ग स्थित फुङलिङ शाखाको उद्घाटन फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल र महोत्तरी जिल्ला स्थित बर्दिबास शाखाको उद्घाटन बर्दिबास नगरापालिकाका मेयर विदुर कुमार कार्कीले गरे ।

फुङलिङ शाखाको उद्घाटन मन्तव्य दिनु हुँदै प्रमुख अतिथि छत्रपति प्याकुरेलले गण्डकी विकास बैंकलाई फुङलिङमा स्वागत गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

उनले बैंक वित्तिय संस्थाको आगमनले ताप्लेजुङ्गबासीमा वित्तिय पहुँच विस्तार हुने बताउँदै बैंकको सफलताको शुभकामना दिए ।

बैंकका सञ्चालक पद्य प्रसाद पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा ताप्लेजुङ्गका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, ताप्लेजुङ्ग उ.वा संघका वरिष्ठ उपाध्याक्ष दिनेश अधिकारीले शुभकामना मन्तव्य राखे ।

यसै गरि बर्दिबास शाखाको उद्घाटन गर्दै बर्दिबास नगरपालिकाका मेयर विदुर कुमार कार्कीले गण्डकी विकास बैंकलाई बर्दिबासमा स्वागत गर्दै जनतालाई सरल र सहज रुपमा वित्तिय सेवा पुर्याउन आग्रह गर्दै बैंकको पूर्ण सफलताको कामना समेत गरे ।

बैंकका सञ्चालक नारायण बहादुर बाँनियाको अध्यक्षातामा भएको उद्घाटन कार्यक्रममा स्वागत तथा बैंकको वित्तिय गतिविधि बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी गराए । 
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ