शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ताम्राकार कम्प्लेक्समा ग्राहकहरुको बढ्दो भीड

बिहीबार, २५ असोज २०७५, १८ : ४७
बिहीबार, २५ असोज २०७५

काठमाडौं । काठमाडौंको मुख्य व्यापारीक केन्द्र पाको न्यूरोडमा अवस्थित ताम्राकार कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर आयोजना गरिरहेको दशैं मोबाइल मेलामा ग्राहकहरुको भीड देखिएको छ ।

दशैंको अवसरमा मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको आयोजनामा संचालन भईरहेको दशैं मोबाइल मेला यहि असोज २३ गतेदेखि असोज ३१ गतेसम्म संचालन हुनेछ ।

मोबाइल फोनमा पाएको अधिक छुट र विभिन्न कम्पनीहरुको उपहार योजनाले गर्दा ताम्राकार कम्प्लेक्समा ग्राहकहरुको भीड देखिएको हो ।

हरेक मोबाइलमा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्म छुट पाईने हुँदा ग्राहकहरु मोबाइल किन्न ताम्राकार नै आउने गरेको मोबाइल व्यवसायी संघका सचिव गूरुदत्त शर्माले बताए ।‘हामीले ग्राहकहरुलाई बढि भन्दा बढि छुट र सेवा दिईरहेका छौं, ग्राहकहरु पनि निकै खुशी भएका छन्, उनले भने ।

उनले कम्प्लेक्समा यसपटक मोबाइल खरिदमा एउटा इनर्जी ड्रिंक सित्तैमा दिएकोा हुँदा ग्राहकहरुले नौलो अनुभव गरेको जानकारी दिए ।दशैं मोबाइल मेलामा ताम्राकार कम्प्लेक्सभित्रका मोबाइल पसलहरुमा मोबाइल खरिद बिक्रीमा ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्मको छुट प्राप्त गर्नसक्नेछन् ।

त्यसैगरि ताम्रकार कम्प्लेक्समा आउने ग्राहकहरुले बजारमा नयाँ आएका स्मार्टफोनहरु खोज्ने गरेको सोहि स्थानमा व्यवसाय गर्दै आएका मोबाइल व्यवसायी संघका कोषाध्यक्ष अनिल ढकालले बताए ।

ताम्राकार कम्प्लेक्समा नेपालमा लन्च भएका सबै ब्राण्डका  र सबै मोडलका स्मार्टफोनहरु र फीचर फोनहरु उपलब्ध हुने गरेको छ । यहाँ न्यूनतम १,००० देखि १,५०,००० सम्मका मोबाइल फोनहरु उपलब्ध छन् । त्यस्तै ग्राहकहरुको लागि विभिन्न कम्पनीहरुको सर्भिस सेन्टर संचालनमा छन् । 

दशैं मोबाइल मेलाको अवसर पारेर ताम्राकार कम्प्लेक्सभित्र मोबाइल खरिद गर्ने ग्राहकहरुले स्मार्ट टेलिकमको सिम कार्ड समेत निशुल्क प्राप्त गर्नेछन् । निश्चित रकम ब्यालेन्ससहितको कार्ड एक्टिभेट गर्न भने आवश्यक प्रकृयाहरु ग्राहकहरुले पुरा गर्नुपर्ने हुन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप