शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेट टिभिले दशैंमा ल्यायो एकमा अर्को एक सित्तैंमा अफर, दशैंमा चलचित्र हेर्न सकिने

बिहीबार, २५ असोज २०७५, १८ : ४२
बिहीबार, २५ असोज २०७५

काठमाडौं । नेपालको पहिलो लाइभ टेलिभिजन एप नेट टिभी मोबाइल एपले दशैं अफर सार्वजनिक गरेको छ । एनआईटिभी कर्पोरेशनको प्रस्तुति रहेको करीब १० लाखको हाराहारीमा उपभोक्ता रहेको नेटटिभी गुगल प्लेस्टोर र एप्पलको एप स्टोरमा उपलब्ध छ ।

विशेष अवसरमा विशेष र आकर्षक योजनामार्फत आफ्ना ग्राहकहरुलाई सुविधा दिइरहेको नेट टिभीले दशैंको अवसर पारेर “चाडपर्वको लहर नेट टिभीको एकमा एक अफर” ल्याएको छ । यो अफर अनुसार एक महिनाको प्रिमियम प्याकको खरीदमा अर्को एक महिना सित्तैंमा टिभी हेर्न पाइनेछ ।

आफ्ना मोबाइल फोनमा जहाँ र जहिलेसुकै सजिलै नेपाली, हिन्दी, अंग्रेजी तथा अन्य भाषाका टेलिभिजनहरु प्रत्यक्ष हेर्न सकिने नेट टिभीले दशैंको अवसर पारेर नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरु प्रदर्शन गराउने भएको छ । २४ रुपैया ९९ पैसा देखि निसुल्क सम्म नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरुको मज्जा सेवाग्राहीले नेट टिभीको एपमा लिन सक्नेछन् । 

नेट टिभी नेपालको पहिलो ओटीटी हो । यसबाट लाइभ स्ट्रिमिङ, चलचित्र, गीत लगायत १५० बढी च्यानलहरु एकै स्थानमा हेर्न सकिन्छ । नेट टिभी न्यू आइटी भेञ्चरले सार्वजनिक गरेको हो । न्युआइटी भेञ्चर कर्पोरेशनले टेलीकोस, आईएसपी, आतिथ्य र प्रसारणकर्ताको इन्ड टु इन्ड आईपीटीभी र ओटीटीको साथै मोबाइल टिभीको प्लेट फर्म प्रदान गर्दछ ।

एनआईटिभीले विश्वका अग्रणी मिडिया र प्राविधिक कम्पनीको साथ साझेदारी गरिरहेको छ । त्यस्तै विभिन्न समुदाय आधारित ओटीटी, आईपीटीवी प्लेटफर्म र स्वयम् आईपीटीभी हेड इन्ड संचालन गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप