शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यो वर्षको मदन पुरस्कार योगमाया उपन्यासलाई

बिहीबार, २५ असोज २०७५, १८ : ३५
बिहीबार, २५ असोज २०७५

काठमाडौं– यो वर्षको मदन पुरस्कार योगमाया उपन्यासलाई प्रदान गरिएको छ । बिहिबार औपचारिक कार्यक्रम गरि मदन पुरस्कार गुठीले योगमाया उपन्यासको लेखिका नीलम कार्की निहारिकालाई दिएको हो ।

गुठीले २०७४ सालमा प्रकाशित पुस्तकहरुमध्येबाट मदन पुरस्कारका लागि योगमाया उपन्यास  छनोट गरेको थियो । यस्तै  २०७४ सालको  जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिएको छ ।साहित्यकार मानन्धर बाल साहित्यको विकास, विस्तार तथा प्रवर्द्धनमा ५ दशकदेखि लेख्दै आएका छन् ।

मदन पुरस्कार गुठीले पुरस्कार दिने वर्ष भरि प्रकाशित भएका पुस्तकहरु मध्येबाट छानेर पुरस्कार प्रदान गर्ने गर्दछ । २०७४ सालमा नेपालमा प्रकाशित भएका २ सय ५३ पुस्तकमध्येबाट गुठीले मदन पुरस्कारका लागि ८ पुस्तकको नाम सार्वजनिक गरेको थियो । दुवै पुरस्कारको राशी २ लाख रहेको छ ।

वि.सं.२०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप