शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएद्वारा शंखमूल पार्क हस्तान्तरण

बिहीबार, २५ असोज २०७५, १८ : २१
बिहीबार, २५ असोज २०७५

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले निर्माण गरेको शंखमूल पार्क ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । एनआरएनएले निर्माण सुरु भएको करिब ४ वर्षपछि ललितपुरको शंखमूल पार्क स्थानीय सरकारलाई बिहिबार एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो ।

पार्क निर्माणको जिम्मा स्पेश क्राफ्ट नामक कम्पनीले पाएको थियो । ३२ रोपनी क्षेत्रफलमा पार्क बनाउन सुरुमा २ करोड रुपैयाँ खर्च हुने बताइएकोमा केही संरचना थप गरिएका कारण लागत २ करोड ४२ लाख ९९ हजार १ सय आठ ४ रुपैयाँ खर्च भइसकेको एनआरएनएले जनाएको छ ।

पार्क निर्माणका लागि हालसम्म १ करोड ५३ लाख ६८ हजार २ सय ६८ रुपैयाँ सहयोगको प्रतिबद्धता आएकोमा १ करोड १७ लाख ८५ हजार ३ सय ८३ रुपैयाँ सहयोग प्राप्त भइसकेको छ । पार्क निर्माणका लागि संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले २५ लाख, पूर्वअध्यक्ष शेष घले र वर्तमान अध्यक्ष भवन भट्टले जनही १५ लाख, डा.निरजगोविन्द श्रेष्ठले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।

यसबाहेक अन्य सहयोगी संस्था र व्यक्तिले पनि पार्क निर्माणमा सहयोग गरेका छन् । शंखमूल पार्कमा स–साना पोखरीहरु, चौबिसै घण्टा पानी बग्ने शंखमूल धारा लगायत संरचना निर्माण भएका छन् ।

सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईको उपस्थितिमा एनआरएनए अध्यक्ष भवन भट्टले ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनलाई पार्क हस्तान्तरण गरे । अध्यक्ष भट्टले पार्क निर्माणमा चुनौती धेरै भए पनि आफ्नै पालामा सम्पन्न भएकोमा प्रशन्नता व्यक्त गरे ।

यस्तै, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एनआरएनएले निर्माण गरिदिएको पार्क संरक्षण गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहरी विकासमन्त्री मोहम्मद इस्तिायक राईले अनुकरणीय काम गरेर सरकारलाई गुन लगाएको बताए । अहिले देशमा स्थीर सरकार रहेकोले बैदेशिक लगानीको उपयुक्त वातावरण पनि भएकोले गैरआवासीय नेपालीले देश निमार्णमा लगानी गर्न पनि आग्रह गरे ।

कार्यक्रममा संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, निवर्तमान अध्यक्ष शेष घले तथा पूर्वअध्यक्ष जीवा लामिछानेले सामाजिक काममा एनआरएनको सँधै साथ रहने प्रतिबद्धता जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप