शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विहारका मुख्यमन्त्री नीतिशकुमारमाथि चप्पल प्रहार

बिहीबार, २५ असोज २०७५, १७ : ५७
बिहीबार, २५ असोज २०७५

एजेन्सी– आरक्षणको विरोध गरिरहेका एक मानिसले विहारका मुख्यमन्त्री नीतिश कुमारमाथि विहिबार चप्पल प्रहार गरेका छन् । तर नितिशलाई निशाना गरेर हानिएको चप्पल नीतिशभन्दा केही मिटर टाढा खस्यो ।  चप्पलले नितिशलाई नलागेको भएपनि उनको कार्यकर्ताहरुले भने उक्त व्यक्तिलाई नराम्ररी पिटेका छन् ।  

चन्दन भनेर पहिचान गरिएको आरोपीलाई अन्त्यमा प्रहरीले लिएर गएको छ । घटना नितिशको पार्टीले बापु सभागर सभाहलमा आयोजना गरेको ‘छात्र समागम’ कार्यक्रमको क्रममा घटेको थियो । कार्यक्रम लोकनायक जयप्रकाश नारायनको जन्मोत्सवमा गरिएको थियो ।

आरोपीलाई प्रहरीले पक्रेर लिएर गइरहँदा उनले मिडियातर्फ सम्बोधन गर्दै भने, ‘आज यहाँ मैले विभेदकारी आरक्षण नीतिविरुद्ध आफ्नो विरोध दर्ता गरेको छु । अहिलेको आरक्षणमा एससी, एसटी र ओबीसी जातिभित्रका सम्पन्नहरुले मात्र सुविधा लिइहेका छन् । यसले विपन्न दलितहरुलाई कुनै सहयोग गरेको छैन ।’ 

चन्दन विहारको औंरगावाद क्षेत्रका निबासी हुन् । नीतिशमाथि यस्तै घटना एक दशकअघि पनि भएको थियो । उक्त समय नीतिशलाई दुईजना मानिसहरुले ढुंगा प्रहार गरेको थियो ।

नालान्दाको पिल्खी गाउँमा स्थापना हुन लागेको विश्वविद्यालयको निर्माणस्थल अवलोकन गर्न गएको बेला त्यसको लागि जमिन खोसिएको भन्दै किसानहरुले विरोध जनाएका थिए । त्यसबेला १६ जना किसानविरुद्ध प्रहरी कार्यालयमा नाम लेखाइएको थियो भने दुई जनालाई पक्राउ गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप