शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्क्रब टाइफसबाट डडेल्धुरामा २२ वर्षीया युवतीको मृत्यु

बिहीबार, २५ असोज २०७५, १७ : ५१
बिहीबार, २५ असोज २०७५

डडेल्धुरा– स्क्रब टाइफस रोगबाट यहाँ एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित भएका छन् ।  अजयमेरु गाउँपालिका–४ भुल्कुडाकी २२ वर्षीया सरस्वती भट्टको सेती अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मृतककी आमा हरिनादेवीलाई पनि सङ्क्रमण देखिएको छ । उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 

उक्त रोग सरुवा भएकाले अरुमा सङ्क्रमण हुन नदिन स्वास्थ्यचौकीबाट टोली खटाइएको जिल्ला स्वास्थ्य कार्यालयका भेटनरी कन्ट्रोल अधिकृत दीपेन्द्र रावलले बताए ।

स्क्रब टाइफस लागेमा उच्च ज्वरो आउने, मांसपेसी दुख्ने, जीउमा रातो दाग देखा पर्ने र टाउको धेरै दुख्ने लक्षण हुने चिकित्सकले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप