बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही प्रहरीबाट ठग र बलात्कारका अरोपी सार्वजनिक

बिहीबार, २५ असोज २०७५, १६ : २३
बिहीबार, २५ असोज २०७५

बुटवल– रुपन्देही प्रहरीले ठगीमा संलग्नदेखि बलत्कारमा संलग्न चारजनालाई पक्राउपछि सर्वजनिक गरेको छ । प्रहरीले पहेँलो वस्तुलाई सुन भन्दै झुक्याएर बेच्ने २ जना  र बलात्कारमा संलग्न दुई जनालाई बिहीबार सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मेलन गरी पँहेलो बस्तुलाई सुन भनेर ठग्न खोज्ने देबदह नगरपालिका १० रम्भादेवी टोल बस्ने २७ वर्षका राजु परियार र नवलपरासी पाल्हीनन्दन गाउँपालिका ६ का ३० वर्षका अब्दुल पखियालाई सार्वजनिक गरेको हो । 

उनीहरुले रुकुम त्रिवेणी गाउँपालिका ६ घर भई दाङ तुल्सीपुर बस्ने २३ वर्षका नरहरि घर्तीलाई बुटवल फूलबारी नजिकै असोज २२ गते पहेंलो जलप लगाइएको धातुको ढिक्कालाई सुन भनेर झुक्याई २१ लाख २५ हजार रुपैयाँमा बेचेर भागेका थिए । सोही आधारमा खोजतलास गर्दा परियार र पखिया पक्राउ परेका हुन् । उनीहरुबाट २१ लाख मध्ये १२ लाख रुपैयाँ नगद,नक्कली सुनको ढिक्का एक थान र २ थान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त वस्तु सुन नभएको थाहा भएपछि घर्तीले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । 

यस्तै बुटवलमा सामुहिक बलात्कार गरेको आरोपमा पीडित युवतीको उजुरीका आधारमा रुपन्देही देवदह नगरपालिका वडा नं.१० का ३५ बर्षका उदय थापा र वुटवल उपमहानगरपालिका वडा नं.७ का २६ बर्षका कृष्ण थापा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप