शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आर्थिक सहायता कटौतिप्रति होचापुड्का नागरिकहरुको असन्तुष्टि

बिहीबार, २५ असोज २०७५, १६ : २१
बिहीबार, २५ असोज २०७५

काठमाडौं– होचापुड्का नागरिकहरुले शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा विशेष सहायताको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल होचापुड्का संघले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा विशेष सहायताको व्यवस्था गर्न सरकारसँग माग गरेको हो । 

शारिरीक रुपमा कमजोर रहेका आफूहरुलाई शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा सहुलियत दिएर सरकारले सहयोग गर्नुपर्ने संघका पूर्व अध्यक्ष विष्णुलाल गुरुङले बताए ।

संघले देशभरका होचापुड्का नागरिकहरुको आवश्यक्ता र सरोकारलाई सरकारले चासो नदिएको गुनासो पनि गर्दै आएको छ । 

पूर्वअध्यक्ष गुरुङले आफूहरुलाई गरिएको आर्थिक सहायता पनि सरकारले कटौति गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप