शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा मास्टर डेविट कार्डको सुरुवात

बिहीबार, २५ असोज २०७५, १६ : ०२
बिहीबार, २५ असोज २०७५

काठमाडौं । आफ्ना ग्राहकहरुलाई आर्थिक कारोवारमा सहजता प्रदान गर्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले मास्टर कार्डसँग सहकार्य गरी मास्टर डेविट कार्डको सुरुवात गरेको छ ।

एनआईबीएल मास्टर कार्ड उद्घाटनपछि बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले मास्टर कार्डसँग सहकार्य गर्न पाएकोमा खुसी लागेको बताउँदै आफ्ना संजाल बैंकमार्फत मास्टर कार्डको सेवालाई नेपाली बजारमा विशेष रुपले विस्तार गर्नेमा विश्वास दिलाए ।

कार्यक्रममा मास्टर कार्डका दक्षिण एशियाली आर्थिक व्यवस्थापनका भाइस प्रेसिडेन्ट विकास बर्माले नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा देखिएको विकासक्रमको प्रसंशा गर्दै नेपाल इन्भेष्टमेण्ट बैंकसँग भएको मास्टर कार्डको सहकार्यले थप भुमिका खेल्नेमा आशावादी रहेको बताए । 

बैंकले आन्तरीक तथा बाह्य बजारलाई लक्षित गरी दुई प्रकारको कार्ड प्रयोगमा ल्याएको छ । स्थानीय कार्ड नेपाल लगायत भारतमा समेत प्रयोग गर्न सकिन्छ भने अन्तर्राष्ट्रिय कार्ड विश्वभर प्रयोग गर्न सकिन्छ । 

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मास्टर कार्डको सहकार्यमा एनआईबीएल मास्टर कार्डको समुद्घाटनसंगै तीन महिनासम्म आफ्ना ग्राहकलाई बिना कुनै शुल्क कार्ड जारी गर्ने र साथै यस्तो मास्टरकार्डबाट कारोवार गरेवापत नगद फिर्ता भुक्तानी पनि उपलब्ध गराउने  योजना बैंकले ल्याएको छ ।

यसका लागि भने केहि शर्तहरु लागू हुने बैंकले जनाएको छ ।  

नेपालीहरुको महान चाडपर्व नजिकिदै गर्दा आफ्ना ग्राहकहरुलाई एनआईबीएल मास्टर कार्डले  आर्थिक कारोवार गर्न सहयोग पु¥याउनेमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले विश्वास लिएकोछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप