शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एन्फाको अनियमितता उजारगर गरेरै छाड्ने कुवँरको दाबी

बिहीबार, २५ असोज २०७५, १६ : ००
बिहीबार, २५ असोज २०७५

काठमाडौं–  दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष तथा अखिल नेपाल फुटबल संघ भुपु उपाध्यक्ष मणि कुँवरले अखिल नेपाल फुटबल संघमा भएको अनियमितता उजागर गरेरै छाड्ने बताएका छन् । 

कुँवरले बिहीबार पत्रकार सम्मेलन गर्दै आफूले फुटबलको निर्वाचन बहिस्कार गरेको विषयमा पत्रकार सम्मेलन गर्दा सहभागि भएका केही जिल्ला संघका अध्यक्ष तथा फुटवलसँग आवद्ध व्यक्तिहरुलाई संघले सोधेको स्पष्टिकरणप्रति आपत्ति जनाएका छन् ।

उनले चुनावको बेलामा फिफा तथा एएफसीको कोड अफ इथिक्सको पूर्ण उल्लंघन हुने गरी निर्वाचन भएको भन्दै  कार्वाहीका लागि फिफा तथा एएफसीमा पत्राचार समेत गरेका थिए । 

‘फुटबल संघको निर्वाचनमा भएका तमाम अलोकतान्त्रिक र आपराधिक कृयाकलापहरुलाई सार्वजनिक गर्दै मैले संघलाई स्वच्छ पार्ने अभियान थालेको हुँ । यस्तो काम गर्न नपाउने देशको कुनै कानुनमा उल्लेख भएको मेरो जानकारीमा छैन । यदी संघले मेरो पत्रकार सम्मेलनको विषयमा स्पष्ट हुन चाहेको भए मसँगै सम्पर्क गरेको भए हुन्थ्यो । यस्ता किसिमका सबै खाले निरंकुशताको विरुद्धमा म बलियोसँग उत्रिने जानकारी गराउन चाहन्छु । यस्ता किसिमका स्पष्टिकरणको नाटकबाट हाम्रो अभियान रोकिने छैन, बरु झनै बलियो हुनेछ ’ कुँवरले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 
उनले निर्वाचनका बेला भएका अनियमितताका प्रमाणका कारण संघका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र अन्तर्राष्ट्रिय संयोजक भनिएका जर्मन नागरिक नवीन पाण्डे लगायतका दोषी पदाधिकारीहरूमाथि फिफा तथा एएफसीले कार्वाही गर्नुपर्ने  माग गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप