शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कलाकार संघका स्वर्गीय अध्यक्ष बोगटीको अन्त्येष्टिमा देखिएनन् कलाकार

बिहीबार, २५ असोज २०७५, १५ : ५१
बिहीबार, २५ असोज २०७५

काठमाडौं – मंगलबार दुर्घटनामा निधन भएका नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको आज अन्त्येष्टि गरिएको छ । उनको मध्यान्न २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनका कान्छा छोरा कविनले दागबत्ती दिएका थिए । 

अन्त्येष्टि अगाडि उनको शवलाई अन्तिम श्रदाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो । 

उनलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाटमा अशोक शर्मा, ओम प्रतिक, रमेश उप्रेती, धीरन शाक्य, पुरन जोशी, टीका पहाडी, उमेश खड्का, सुभेच्छा थापा, आकाश अधिकारी लगायत कलाकर्मी पुगको थिए । ।

तर पछिल्लो पुस्तामा भने अभिनेता सलोन बस्नेत, सबिन श्रेष्ठ, सुलेमान शंकर बाहेक अरु कलाकार देखिएनन् ।  

श्रद्धाञ्जली कार्यक्रममा उनलाई कलाकार संघको र राष्ट्रिय झण्डा ओढाइएको थियो ।

ललितपुरको टिकाथलीस्थित आफ्नै घरअगाडि रुखले किचेर घाइते भएका उनलाई ललितपुरस्थित बिएण्डबी अस्पतलाले मृत घोषणा गरेका थियो । 

उनको निधनको खबर फैलिएपछि बि.एण्ड.बि तथा पाटन अस्पतालमा मंगलबार पनि कलाकारको भिड लागेको थियो । 

सो समय अस्पताल पुगेका अधिकांस चलचित्रकर्मीले उनको योगदानको चर्चा गरेका थिए ।

चलचित्र छायाँकनका लागि बोगटी स्टुडियो निर्माण गरेका उनी साना तथा ठूलापर्दाका राम्रा कलाकार मानिन्थे । उनी ‘स्वाभिमान’ र ‘माया गर ल’ चलचित्रका निर्माता पनि हुन् ।

दर्जन बढी चलचित्र तथा टेलिश्रृंखलामा अभिनय गरेका उनी कलाकार संघको चौधौं महाधिवशेनबाट चलचित्र कलाकार संघका अध्यक्षमा निर्वाचित भएका थिए । 

आफ्नै निजी लगानीमा कलाकार संघको भवन निर्माणको मुद्दा उठाएर उनी संघको नेतृत्वमा पुगेका थिए ।

भवनका लागि जग्गाको ब्यवस्थामा दिनरात खटिएका उनले भवन बनाएर बुझाउने आफ्नो प्रतिबद्धता पुरा गर्न संघको महाधिवेशन समेत केही महिनाका लागि सारेका थिए । 

उनको कलाकार संघ आफ्नै भवनमा बसेको हेर्ने इच्छा थियो । सो इच्छा भने अधुरै रह्यो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप