बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

शहीद स्मारक ‘ए’ डिभिजन फुटबल : थ्री स्टार विजयी

बिहीबार, २५ असोज २०७५, १५ : ०४
बिहीबार, २५ असोज २०७५

काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा थ्री स्टार क्लब विजयी भएको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको खेलमा थ्री स्टारले फ्रेण्ड्स क्लबलाई २–१ गोलअन्तरले पाखा लगाउँदै विजयी शुरुआत भएको हो । जीतसँगै थ्री स्टारले शीर्ष तीन अङ्क जोडेको छ । 

थ्री स्टारले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक÷एक गोल गर्यो । उसको जीतमा रञ्जन विष्ट र बुद्ध चेम्जोङले एक–एक गोल गरे । विष्टले खेलको पहिलो हाफको १७ औँ मिनेटमा पहिलो गोल गर्दै थ्री स्टारलाई पहिलो अग्रता दिलाए । 

त्यस्तै, खेलको ८३औँ मिनेटमा थ्री स्टारका अर्का खेलाडी चेम्जोङले थप एक गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे । 

यता फ्रेण्ड्स क्लबका विकास लामाले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एक गोल फर्काएका थिए । 

सोही मैदानमा आजै हुने दोस्रो खेलमा जाउलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप