अर्घाखाँचीका दुर्गम गाँउमा बिजुली बत्ति
बिष्णु कुमार आले, अर्घाखाँची–अर्घाखाँचीको सितगंगा नगरपालिकाको दुर्गम गाँउमा बिजुली पुगेपछी स्थानीय खुसी भएका छन् ।
पुर्व पश्चिम राजमार्ग नजिकै भएपनि बर्षौदेखी टुकी र दियालो बालेर दैनिकी चलाउदै आएका सितगंगा ११ का कलौनी, जिमुरी, रजालीपाटा र दोबाटो गाँउका नागरिकको घरमा दशै अगाडि बिजुली बलेपछी उनिहरू खुसी भएका हुन् ।
विजुली वत्ति बाल्न सितगंगा नगरपालिकाको १० लाख, वडा कार्यालयको २ लाख ५० हजार र जिल्ला समन्वय समितिबाट ट्रान्सफर्मर र पोल भएपछी दशै अगाडी बिजुली बत्ती बाल्न सफल भएको वडा अध्यक्ष कोपिलाचन्द आलेमगरले बताए ।
गाँउमा बिजुली पुगेपछी गृहणी महिलाहरूलाई बिहान बेलुका चुलो चौकाको काम गर्न तथा विद्यार्थीहरुलाई लेखपढ् गर्न, रेडियो टेलिभिजन हेर्न र सुन्न, कम्प्युटर चलाउन सजिलो भएको छ ।
गाउँमा विजुली पुगेपछि प्रतिनिधीसभा सदस्य टोपबहादुर रायमाझी, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल र सितगंगा नगरपालिकाका मेयर सुर्यप्रसाद अधिकारीले उद्घाटन गरेका हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ