शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकको थप ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा

बिहीबार, २५ असोज २०७५, १४ : ५७
बिहीबार, २५ असोज २०७५

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले तनहुँ र खोटाङ्गमा ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङ्गको रुपाकोट मझुवागढि नगरपालिका, खोटाङ्गको हलेसी तुबचुङ्ग नगरपालिका (च्यास्मीटार),  खोटाङ्गकै हलेसी तुबचुङ्ग नगरपालिका (धितुङ्ग) मा थप ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ३३ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप