शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले यसरी गरे नेपाल प्रहरीको तारिफ

बिहीबार, २५ असोज २०७५, १४ : ५६
बिहीबार, २५ असोज २०७५

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले नेपाल प्रहरीको भूमिकाको खुलेर प्रशंशा गरेका छन् ।

हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै प्रहरीको भूमिकालाई लिएर आलोचना भईरहेका बेला प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको दृढता, इमान्दारिता र कर्तव्यनिष्ठाको मुक्तकण्ठले प्रशंशा गरेका हुन् ।

नेपाल प्रहरीले जनताको निकट रहेर अपराध  नियन्त्रण र समाजमा अमनचयन कायम गर्न उल्लेखनीय योगदान दिँदै आएको प्रधानमन्त्री ओलीको भनाई छ । 

६३ औं प्रहरी दिवसको अवसरमा बिहिबार काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान काार्यालयमा आयोजित समारोहमा उनले संयुक्त राष्ट्र संघको मिसनमा रहेर नेपाल प्रहरीले खेलेको भूमिकाको पनि स्मरण गरे ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने अभियानलाई सार्थक बनाउन नेपाल प्रहरीले थप जिम्मेवार बन्नुपर्ने पनि बताए ।

उनले नेपाल प्रहरीको भूमिकालाई अझै प्रभावकारी बनाउन सरकारले आवश्यक स्रोत, साधनको उपलब्ध गराउने आश्वासन पनि दिए ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई नमूना प्रहरी संगठनको रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरे ।

उनले नेपाल प्रहरीलाई आक्षेपमुक्त बनाउन आफू सदैव सचेत रहेको पनि स्मरण गराए ।

प्रहरी महानिरीक्षक खनालले प्रधानमन्त्री ओलीको गतिशील संरक्षकत्वले प्रहरी संगठनलाई प्रभावकारी बनाउन प्रेरणा दिएको पनि उल्लेख गरे ।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले अपराध नियन्त्रणका लागि सूचना र प्रविधिको विकासमा जोड दिएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप