शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दशैंका खसीबोका राजधानी भित्रन थाले

बिहीबार, २५ असोज २०७५, १४ : ४८
बिहीबार, २५ असोज २०७५

काठमाडौं– दशैंका लागि उपत्यकामा खसीबोका भित्रन थालेका छन् । सरकारी र निजि पहलमा दशैंका खसी बोका भित्रन शुरु भएको हो । 

नेपाल खाद्य संस्थानले यसपटक २ हजार खसीबोका भित्र्याउने लक्ष्य लिएकोमा आज मात्रै (बिहिबार) २५० वटा खसी बोका र करिब ५ सय वटा च्यांग्रा भित्र्याएको  संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए । 
उनका अनुसार संस्थानले विविध समयमा गरी लक्ष्य अनुसारको खसीबोका भित्र्याउने छ । 

संस्थानले खसीबोकाको मासुको मूल्यमा अन्य भन्दा प्रतिकेजी १० रुपैयाँसम्म छुट दिने भनिसकेको छ । सरकारले गत १२ गतेदेखि सुपथ मूल्यको पसल समेत सञ्चालन गरिरहेको छ ।  यो पसल असोज २७ गतेसम्म सञ्चालन हुनेछ । 
यता चौपाया खरिदबिक्रि व्यवस्थापन संघका अध्यक्ष भानुभक्त पराजुलीले पनि आफुहरुले आजबाट खसीबोका भित्र्याउने जनाएका छन् । 

७० प्रतिशत खसीबोका भारतबाटै ल्याउने उनले बताए ।  उनका अनुसार अहिले नियमित हप्तामा ६ हजार खसीबोका काठमाडौं भित्रिरहेका छन् । दैनिक करिब २ हजार खसीबोका र च्यांग्रा भित्रिरहेको उनले बताए । 
बिहिबारदेखि भने पर्व विशेषका खसी बोका भित्र्याउने पराजुलीले जनाए । काठमाडौ उपत्यकामा दशैंका लागि ४० हजार खसीबोकाको माग रहेको भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप