केन्द्रीय संस्करण

किसानलाई सहयोग नगर्ने कृषि मन्त्रालय खारेज गरे हुन्छ : सांसद त्रिपाठी

person access_timeअसोज २५, २०७५ chat_bubble_outline0

काठमाडौं– सांसद हृदयश त्रिपाठीले कृषि मन्त्रालय खारेज गर्न माग गरेका छन् । मन्त्रालयले कृषकको हितमा काम नगरेको भन्दै  उनले मन्त्रालय खारेज गर्न माग गरेका हुन् ।

उनले भने, ‘अहिले मन्त्रालय कर्मकान्डी  रुपमा चलेको छ, सबैभन्दा बढी कर्मचारी विदेश भ्रमण जाने मन्त्रालय यहि हो ,अहिले १०० रुपैयाँमा १८ रुपैयाँ मात्र कृषकको लागि खर्च भएको छ, बाँकी ८२ रुपैयाँ कर्मचारीले भ्रमण लगायत अनावश्यक विषयमा खर्च गरेका छन्।’

सार्वजनिक लेखा समितिको बैठकमा त्रिपाठीले कृषकले आफुले उत्पादन गरेको उखुको मूल्य निर्धारण गर्न नपाएको आक्रोश व्यक्त गरे । उनले भने, ‘कृषकले चिनि उत्पादन गर्छन्, तेस्रो पाटिले मूल्य निर्धारण गर्नुपर्ने वातावरण बन्नु भएन, आफुले उत्पादन गरेको उखु आफै मूल्य निर्धारण गर्न पाउनु पर्छ ।’

समितिको बैठकमा सांसद राजेन्द्रकुमार  केसीले  अन्तर्राष्ट्रिय बजारमा चिनिको मूल्य घटेकाले नेपालमा पनि घटनु पर्ने बताए । अर्का सांसद धर्मशिला चापागाईले ताप्लेजुङमा आफुले सोध्दा चिनिको मूल्य १०० रुपैयाँ रहेको बताईन् । उनले भनिन, ‘हामीले शहरमा मात्रै हेरेर हुँदैन विकट ठाँउलाई पनि हेरौं ।’

समितिको बैठकमा उपस्थित अधिकाश सांसदले चिनिको मूल्य घटाउन आग्रह गरेका छन् ।

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ