नेपाल पत्रकार महासंघ युएई शाखाको अन्तरक्रिया सम्पन्न
लक्ष्मण खनाल
युएई–नेपाल पत्रकार महासंघ युएई शाखाको आयोजनामा ‘युएईमा नेपाली संघ संस्थाको आगामी भुमिका र सहकार्य’ विषयक अन्र्तक्रिया सम्पन्न भएको छ ।
शाखाका अध्यक्ष भुपराज वस्यालको अध्यक्षतामा बरदुबईको सिन्ध पंजाव रेष्टुरेण्टमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शाखाका सचिव मेघराज सापकोटाले गरेका थिए । कार्यक्रममा युएईमा क्रियाशिल झण्डै ५० संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
युएई सरकारले अबैधानिक रुपमा खोलिएका संघ संस्थाहरुले गर्ने गतिविधि र कार्यशैलीहरुमा निगरानी गरिरहेको र दर्ता गर्नुपर्ने भन्दै पटक पटक अव्हान गरिरहेको अवस्थामा विगतका गतिविधिहरु कसरी सञ्चालन गर्ने भन्ने छलफलको लागि महासंघले उक्त कार्यक्रम आयोजना गरेको थियो ।
पहिलो चरणको धारणा राख्ने कार्यक्रम अन्र्तगत कार्यक्रमका अतिथिहरुले आफ्नो आफ्नो संस्थाको तर्फबाट समाजका घटेका समस्याहरु र चुनौतीहरु राखेका थिए । अन्र्तक्रियामा आफ्ना प्रश्नहरु र सुझावहरु राख्दै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले युएईमा पत्रकारहरुले खेलेका सकारात्मक नकारात्मक भुमिकाहरुको टिप्पणी गरेका थिए । वक्ताहरुले युएईको कानुन र यहाँ को राज्यलाई ठोस पुग्ने कार्य गर्न नहुनेमा जोड पनि दिएका थिए ।
अन्र्तक्रियाको प्रश्नोतरमा बोल्दै अधिकांश व्यक्तिहरुले समाजसेवाको लागि खोलिएका संघ संस्थाका प्रतिनिधिहरुले अबैधानिक कार्यहरु जस्तै हुण्डी, भिजिट भिषाको कारोवार र मनव तस्करीमा संलग्न हुने कार्यहरु गर्ने गरेको आरोप लगाउदै त्यस्ता व्यक्तिहरुलाई सामाजिक वहिस्कार गर्नुपर्ने धारणा राखेका थिए ।
उक्त कार्यक्रमले युएईमा क्रियाशिल विभिन्न नेपाली संघ संस्थाहरुले सहकार्य र एकतामा नै बल रहेको भन्दै समाजिक सद्भाव लाई सन्तुलित राख्न सबैको पहल रहनु पर्नेमा सबैको जोड र निश्कर्ष थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा