शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्डोनेसियामा फेरि शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु

बिहीबार, २५ असोज २०७५, १४ : ०९
बिहीबार, २५ असोज २०७५

कार्ता– इन्डोनेसियाको तटीय क्षेत्रमा पर्ने जाभा र बाली द्वीपमा बिहीबार गएको ६.० म्याग्नीच्युडको भूकम्पमा परी तीन व्यक्तिको मृत्यु भएको छ । 

इन्डोनेसियाका सरकारी अधिकारीले सो जानकारी दिएका प्राप्त समाचारमा जनाइएको छ । 

त्यस भूकम्पबाट पूर्वी जाभाको सुमेनेप जिल्लाका आवासीय भवनहरु भत्किएका र त्यसबाट तीन व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताएका छन् । 

इन्डोनेसियाको पालु शहरमा गत सेप्टेम्बर २८ मा ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीको कारण २ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी दिइएको छ । साथै सो भूकम्पमा परी अरु करिब पाँच हजार मानिस हराएका बताइएको छ । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप