शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेलको चार दिन निःशुल्क शिविर : मोरङ र सुनसरीका पच्चिस सय बिरामी लाभान्वित

बिहीबार, २५ असोज २०७५, १४ : ०१
बिहीबार, २५ असोज २०७५

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले बिगत चार दिनको अवधिमा मोरङ र सुनसरीका चार ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी २ हजार ५ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ ।  

मोरङको कानेपोखरी, पथरीशनिश्चरे, वेलवारी र सुनसरीको इटहरीमा निःशुल्क शिविर सञ्चालन गरी २ हजार ५ सय ८ जना बिरामीको निःशुल्क उपचार गरेको छ । त्यस्तै पथरी शनिश्चरे ३ किराती चौकमा भएको शिविरबाट ३ सय ७८ बिरामी लाभान्वित भए ।

इटहरी उपमहानगरपालिका ४ मा भएको शिविरमा १ हजार १ सय ७२ जना बिरामीले निःशुल्क उपचार गराएका छन् । यता, वेलवारी नगरपालिका४ धिमाल टोलमा भएको शिविरबाट ३ सय ९३ जना बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् ।  

ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क उपचारको ब्यवस्था मिलाउँन नोबेलले निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिईरहने अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप