बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खाद्य संस्थानले शुक्रबारबाट दशैँका लागि खसीबोका बेच्ने, मुल्य निर्धारण साँझसम्म

बिहीबार, २५ असोज २०७५, १३ : ४१
बिहीबार, २५ असोज २०७५

काठमाडौं– नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दशैँका लागि खसी, बोका र च्याङग्रा विक्रीवितरण सूरु गर्ने भएको छ । नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा विक्रीवितरण गर्ने जानकारी गराएको हो । 

संस्थानका लागि बागमती अञ्चल कार्यालय प्रमुख सुरेन्द्रराज विष्टले बिक्रीका लागि बिहिबार बिहानसम्म ९० वटा खसी, बोका र ५ सय ५० वटा च्याङग्रा काठमाडौं आईपुगेको जानकारी दिए ।

शुक्रबारसम्म मुस्ताङबाट १ हजार वटा च्याङग्रा काठमाडौं ल्याउने संस्थानको योजना छ ।

त्यस्तै हेटौडाबाट ९ सय १० वटा खसी, बोका काठमाडौं ल्याउने योजना रहेको बताइएको छ । 

शुक्रबार विहान ८ बजेबाट खसी, बोका र च्याङ्ग्रा विक्री वितरण हुनेछन् ।

बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गर्ने पनि संस्थानले जनाएको छ । 

संस्थानका बागमती अञ्चल कार्यालयका प्रमुख विष्टले बजारको भन्दा सस्तो मूल्यमा मासुको विक्री वितरण हुने बताए ।

बिहिबार बेलुकासम्म संस्थानले मासुको मूल्य निर्धारण हुने पनि स्पष्ट पारेको छ ।

संस्थानले हरेक वर्ष थापाथलीस्थित बागमती अञ्चल कार्यालय परिसरबाट दसैंका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्रा विक्री वितरण गर्दै आएको छ । यस वर्ष बाटो अप्ठयारो भएका कारण मुस्ताङबाट च्याङग्रा ल्याउँन कठिनाई भईरहेको संस्थानको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप