बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्लाकै नमूना प्रसूतिगृह

बिहीबार, २५ असोज २०७५, १३ : ३५
बिहीबार, २५ असोज २०७५

नवलपरासी– पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा जिल्लाकै नमूना प्रसूतिगृह सञ्चालनमा आएको छ । 

सुनवल नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिका–१ मा प्रसूति गराउनका लागि जिल्लाकै व्यवस्थित रसुविधा सम्पन्न ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याइएको हो । सो केन्द्रको बुधबार प्रदेश नं ५ सरकारका प्रवक्ता एवं भौतिक, पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले उद्घाटन गर्दै मन्त्री चौधरीले प्रदेश सरकार सबैलाई सहज र व्यवस्थित उपचार सेवा लिने लक्ष्यका साथ अघि बढी रहेको बताए । 

सुनवल नगरपालिकाभित्रका गर्भवतीले आफ्नै गाउँपालिकामा सहज वातावरण बच्चा जन्माउन पाउन् भन्ने उद्देश्यले नगरपालिकाले सो केन्द्र सञ्चालनमा ल्याएको नगर प्रमुख भीमबहादुर थापाक्षेत्रीले बताए । 

नगरपालिकाभित्र जोसुकै गर्भवती सो केन्द्रमा बच्चा जन्माउन आउँदा त्यसको लागि निःशुल्क एम्बुलेन्स सेवासमेत प्रदान गरिएको छ । व्यवस्थित र वातानुकूलितसहितको उक्त सेन्टरमा छ जना दक्ष स्टाफ नर्ससहित ११ स्वास्थ्यकर्मी खटाइएका छन् । साथै बच्चा र सुत्केरी महिलालाई आवश्यक पर्ने औषधिको व्यवस्था मिलाइएको छ भने तापक्रम अनुकूल राख्न वातानुकूलितसहितको प्रसूति कक्ष बनाइएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप