बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वर्गीय दिपक कार्कीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

शनिबार, ०७ साउन २०७४, ११ : ३५
शनिबार, ०७ साउन २०७४

 यूएई-  सुदूर पश्चिम सेवा समाज यूएईले स्वर्गीय दिपक कार्कीको परिवारलाई रु ६२,३३० ( बयासट्ठी हजार तीन सय तिस रुपैया ) आर्थिक सहयोग गरेको छ ।
              आर्थिक सहयोग रकम सुदूर पश्चिम सेवा समाज यूएईका भुतपुर्ब अध्यक्ष चेत बहादुर थापा 'चेतन' र भुतपुर्ब सदस्य धनीराम भण्डारीले कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको कार्यकक्षमा स्वर्गिय कार्की कि धर्मपत्नी जानकी देबी कार्कीको हातमा  संयुक्त रुपमा नगद हस्तान्तरण गरेको हो ।
                बझाङ जिल्ला खिरातडी -२ घर भई अबुधाबीको किलिन्को ट्रेडिङ ईम्पोर्टइङ एण्ड सर्भिसेस नामक कम्पनीमा कार्यरत कार्कीको गत २६ अप्रिल २०१७ का दिन २९ बर्षको कलकलाउदो उम्मेरमा हृदयघातका कारण ज्यान गएको थियो ।
           उक्त आर्थिक सहयोग रकम हस्तान्त्रण गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले सुदूर पश्चिम सेवा समाज यूएईले गर्दै आएका समाज सेवाका कामहरुको खुलेर नै प्रशंशा गर्नुका साथै मानबिय कार्यमा पुर्याउदै आएको उल्लेखनिय योगदानको बारेमा सुनेर खुशी लागेको जिज्ञासा राख्दै आउँदा दिनमा पनि समाजले सदा बैदेशिक रोजगारीको शिलशिलामा कार्यरत यूएई बाशी नेपालीहरुका समस्या र नेपालमा हुने आपत्ति, बिपत्तीमा मानबिय सहयोग गर्दै गरोस् भनि शुभकामना दिनु भएको थियो ।
            सहयाेग रकम बुझ्दै स्वर्गीय कार्की कि धर्म पत्नी जानकी देबी कार्कीले दु:खद घडिमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरु र सुदूर पश्चिम सेवा समाज यूएई प्रती हार्दिक आभार प्रकट गरेको चेतन थापाले हामीलाई बताए । 
       स्मरणिय रहोस् स्वर्गीय दिपक कार्कीको परिवारमा बुढा आमा बुवा, श्रीमती, तीन नाबालक छोरी र एक भाई छन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप