शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१० वर्षे छोरालाई ट्याटु खोपाएपछि.... (भिडियोसहित)

बिहीबार, २५ असोज २०७५, १२ : २५
बिहीबार, २५ असोज २०७५

अमेरिकाको ओहियोकी एक आमाले आफ्नो १० वर्षे छोरालाई १६ वर्षका लाइसेन्स नभएका आर्टिस्टमार्फत ट्याटु खोपाएपछि पक्राउ परेकी छिन् । छोराले यसका लागि बारम्बार जिद्दी गरेको र यसबाट आजित भएर ट्याटु बनाइदिएको  उनले बताइन् ।

३४ वर्षे निक्की डिकिन्शनलाई गत हप्ता बेलेफोन्टाइन, ओहियोमा पक्राउ गरिएको हो । छोराको पाखुरामा ट्याटु बनाउँदै गरेको भिडियो भाइरल भएपछि उनी पक्राउ परेकी हुन् ।

डिकिन्शनले नै ट्याटु बनाइरहेको फुटेज खिचेकाले उनी भिडियोमा भने देखिएकी छैनन् तर आफ्नो सानो छोरालाई यस्तो गर्न अनुमती दिएको उनले स्विकारिन् । छोराले आफ्नो नामको पहिलो अक्षरको ट्याटु बनाउन बारम्बार जिद्दी गरेपछि आफू यस्तो गर्न बाध्य भएको उनले जानकारी दिइन् ।  

डिकिन्शनले आफ्नो घरमा बिना लाइसेन्सका किशोर आर्टिस्टमार्फत छोराको ट्याटु खोपाएका कारण उनलाई ६ महिनाको जेल सजायँ तोकिने अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप