मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दशैँ मनाउन घर फर्कने चटारो : १५ लाख मानिसले छाडे उपत्यका (फोटोफिचर)

बिहीबार, २५ असोज २०७५, ११ : ५५
बिहीबार, २५ असोज २०७५

काठमाडौं– रोजगारी, अध्ययन तथा व्यवसायका सिलसिलामा शहर बसेका मानिसहरु दशै मनाउन धमाधम आफ्नो घर फर्कन थालेका छन् । 

काठमाडौ उपत्यकाबाट पनि दशै मनाउन घर जानेहरुको संख्या दिनहुँ बढ्दै गएको छ । 

दशैं नजिकिँदै गएपछि  काठमाडौंका नाकाहरु नागढुंगा, फर्पिङ, जगाती, मुड्खुको लगायतका नाकमा व्यस्तता बढेको छ । 

ट्राफिक महाशाखाको तथ्यांकअनुसार  असोज २४ गते बेलुकासम्म १५ लाख ४५ हजार ४ सय २३ जना दशै मनाउन उपत्यका छाडिसकेका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो वर्षको दशैंमा काठमाडौंबाट २६ लाख मानिस बाहिरिने अनुमान गरेको छ । 

ट्राफिक महाशाखाका प्रवक्ता राजकुमार लम्सालका अनुसार यस पटकको दशैंमा करिब २६ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । उनका अनुसार गत वर्ष दसैंमा २४ लाख ८७ हजार नेपाली काठमाडौंबाट बाहिरिएका थिए  । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप