शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा नौराते मेला, राँगोलाई मदिरा खुवाएर लखेट्दै बध गर्ने परम्परा

बिहीबार, २५ असोज २०७५, ०९ : ३८
बिहीबार, २५ असोज २०७५

भक्तपुर - हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापनादेखि भक्तपुरमा लाग्ने नौराते मेला शुरु भएको छ । घटस्थापनाको रातिबाट यहाँका नौ वटा बेग्लाबेग्लै शक्तिपीठमा नौ रातसम्म मेला लाग्ने गर्दछ । 

राति मन्दिरमा पूजा तथा दर्शन गर्नेको भीड लाग्ने गर्दछ । नवरात्री मेलाको पहिलो रात भक्तपुर नगरपालिका च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा टोलटोलबाट स्थानीय बाजा बजाउँदै केटाकेटी, युवायुवती, बुढाबुढीसमेत मेलामा सहभागी भएको स्थानीवासी जानकी श्रेष्ठले बताए । 

नौराते मेलामा पहिलो रात ब्रम्हायणी, दोस्रो महेश्वरी, तेस्रो कुमारी, चौथो भद्रकाली, पाँचौ महाकाली, छैटौँ महालक्ष्मी, सातौँ इन्द्रायणी, आठौँ त्रिपुरासुन्दरी र नवौँ रात बाराहीस्थानमा गरी नौ शक्तिपीठमा मेला लाग्ने गर्दछ । ब्रमहायणीमा भने घटस्थापनाको रात, नवमीको रात र दशमीको दिनभर मेला लाग्ने गर्दछ । 

नवमीका दिन राति गछेंस्थित नवदुर्गा द्यौ छे, अर्थात नवदुर्गा मन्दिरमा रहेको महिषासुर दैत्यको प्रतीक मानिने खम्ये अर्थात राँगोलाई मदिरा खुवाएर लठ्याइ पूजा गरेर लखेट्दै राति नै ब्रह्मायणी पु¥याएर बध गर्ने परम्परा छ । भक्तपुरका संस्कृतकर्मीका अनुसार यसअघि मृत्युवरण गरेका नवदुर्गा नाचका गण दशैँ  शुरु भएसँगै जीवित हुने विश्वासमा यो जात्रा मनाइन्छ । 

यही रात भक्तपुर दरबार स्क्वायरबाट तलेजु भवानीको वाहन सेतो घोडालाई नगर परिक्रमा गराई ‘पायो न्हयाकेगू जात्रा’ अर्थात खड्गजात्रा मनाइन्छ । नवदुर्गाको उत्पत्तिसँग सम्बन्धित नवदुर्गाका नौ स्वरुप जीवित हुने परम्पराको रूपमा यो जात्रा चलिआएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप