बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बालमैत्री स्थानीय शासनका सूचक पूरा

बिहीबार, २५ असोज २०७५, ०९ : १०
बिहीबार, २५ असोज २०७५

कालिकोट — जिल्लाको तिलागुफा नगरपालिका–१ र ३ वडाले बालमैत्री स्थानीय शासनका सूचक पूरा गरेको छ । यी वडाले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ अनुसार असार २१ गते निर्धारण गरिएका २८ वटा सूचक पूरा गरेका हुन् ।

राष्ट्रिय रणनीतिका २८, संस्थागत १२ र १६ खुड्किला पार गरेपछि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने उक्त नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए । 

सेभ द चिल्ड्रेन किर्डाक नेपाल कालिकोट शाखाको सहजीकरणमा बाल सहभागिता, बाल विकास, बाल संरक्षणसम्बन्धी सूचक पूरा भएका छन् ।

बाल सहभागितासम्बन्धी ६, बाल विकाससम्बन्धी ५, बाल संरक्षणसम्बन्धी ५ र बाल बचाउसम्बन्धी ९ सूचक पूरा भएको जिल्ला बाल क्ल्याण समितिका अध्यक्ष लालबहादुर मल्लले बताए । 

शतप्रतिशत सूचक पूरा भए पनि शिक्षा र बाल संरक्षणका केही सूचक ८० प्रतिशत पूरा भएको उक्त नपा–३ का वडाध्यक्ष सूर्यबहादुर शाहीले बताए । 

उनका अनुसार वडाभित्रका केही विद्यालयमा विद्यार्थीका अनुपातमा बालमैत्री शौचालय अपुग छ । 


जिल्ला तथा नगरपालिका बालमैत्री स्थानीय शासनका पदधिकारीको संयुक्त अनुगमनपश्चात हालै सदरमुकाम मान्ममा बसेको बैठकले अनुगमन गरिएका उक्त नगरपालिकाका १ र ३ वडालाई आगामी कात्तिक १६ गते बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी गरेको छ भने वडा नं २ र ४ लाई यसअघि नै घोषणा गरिसकेको नगरपालिकाका उपप्रमुख दन्ता नेपालीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप