बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कहाँ गायब भएका थिए कपिल शर्मा ?

बिहीबार, २५ असोज २०७५, ०८ : १६
बिहीबार, २५ असोज २०७५

अरबिन्द छाबडा/ बीबीसी

भारतलगायत नेपालका जनताबीच कमेडीका लागि चर्चित कपिल हर्मा एकपटक पुनः आफ्नो कमेडी शोसहित टेलिभिजनमा फिर्ता हुँदैछन् ।

यस्तो समय पनि थियो जब टेलिभिजनमा कपिल शर्माको शो सबैभन्दा धेरै हेरिन्थ्यो र त्यसको टिआरपीले आकाश छुन्थ्यो ।

तर चर्चा र सफलताका बीच कपिल शमार्काको शोले विभिन्न समस्याको सामनासमेत गर्नपर्यो ।

कपिलको शोको सुरुवात कलर्स टिभीमा भएको थियो तर जब च्यानलसँग केही समस्या भयो तब पछि यो सोनी टिभीमा आउन थाल्यो ।

त्यसपछि गुत्थी र डा. गुलाटीको भूमिका निभाउने सुनिल ग्रोवर र कपिल शर्माबीचको मनमुटावले कार्यक्रमलाई समस्याको दलदलमा धकेल्यो । ग्रोवर उक्त कार्यक्रमका लागि एउटा यस्ता अनुहार थिए जसलाई कपिल शर्माभन्दा पनि धेरै मन पराउन थालिएको थियो ।

यद्यपी, पछि कपिल शर्माको शो सोनी टेलिभिजनमा केही महिनाका लागि चल्यो । अब हास्यकलाकार कपिल शर्मा लामो समयपछि एकपटक पुनः टेलिभिजनमा फिर्ता हुने तयारीमा छन् ।

‘कपिल शर्मा शो’ पुनः आउँदैछः

बीबीसीले उनीसँग उनको प्रसारणमा आउन लागेको कपिल शर्मा शोबारे कुराकानी गरेको छ । कुराकानीको क्रममा कपिलले यतिका दिनसम्म के गरे र उनको जीवनमा कस्ता परिवर्तन आए भन्ने बारे पनि जानकारी दिए ।

थुप्रै दिनसम्म गायब कपिल शर्मालाई पनि टिभीमा फिर्ता हुन निकै हतार छ । अर्को महिनादेखि कपिल शर्माको ‘कपिल शर्मा शो टु’ सोनी टिभीमा प्रसारण हुँदैछ ।

कपिलले आफू लामो समयसम्म कामबाट टाढा बस्न नसकेपछि यसपटक आफूलाई कामबाट टाढा राख्ने विभिन्न कारणमध्ये एउटा कारण रक्सी भएको जानकारी दिए ।

उनी भन्छन्, ‘म अत्यधिक काम गर्न रुचाउँछु । म वर्कहोलिक हुँ तर मैले अत्यधिक पिउन पनि सुरु गरेको थिएँ जुन मेरो गल्ती थियो । तर यदि मानिसलाई आफ्नो गल्ती महसुस भयो भने उसले भोलिका दिनमा त्यस्तो गर्दैन । मानिस आफ्नो अन्तिम साससम्म सिकिरहन्छ र म पनि सिकिरहेको छु ।’

‘पछि म आफ्नो जिम्मेवारी र परिवारबारे सोच्न थालेपछि यी सबैबाट पन्छिएँ । मलाई पछि पार्ने आफ्नो सबै नराम्रो बानीलाई मैले छोडिदिएको छु ।’

तनुश्री बारे के भन्छन् कपिल ?

तनुश्री र नाना पाटेकरको विवादमा कपिल शर्माले आफूलाई विवादको पूरा घटना थाहा नभएको बताए ।

उनी भन्छन्, ‘तनुश्री र नाना पाटेकर फिल्मी जगतका निकै ठूला अनुहार हुन् । र उनीहरु बीच के भएको थियो त्यसबारे मलाई केही जानकारी छैन त्यसकारण यसबारे केही प्रतिक्रिया दिनु मेरो मूर्खता हुनेछ ।’

ह्याशट्याग मिटूः

केही समय अघि एक रिपोर्टरसँग झगडा भएपछि उनी पुनः चर्चामा आएका थिए । यद्यपी, कपिल शर्माले उक्त मुद्दालाई बकवासको संज्ञा दिए । उनले भने, ‘जसले सुरुमा उक्त खबर छापेको थियो उनीहरुले स्रोतको हवाला लिएका थिए र पछि अरुले एक–अर्काको हवाला दिँदै समाचार बनाउन थाले त्यसकारण त्यो खबर नै बकवास थियो ।’

सोसल मिडियामा ह्याशट्याग मिटुजस्ता अभियान चलिरहेको बारे उनी भन्छन्, ‘सोसल मिडियामा अनावश्यक कमेन्ट गर्ने विशेषगरी महिलाको पोष्ट र उनीहरुको कपडाबारे भद्दा कमेन्ट गर्नेविरुद्ध पनि अभियान चलाइनु पर्छ ।’

पहिले काम त्यसपछि विवाहः

विवाहको प्रश्नमा कपिल शर्मा भन्छन्, ‘अक्टोबर १२ तारिखमा मेरो फिल्म ‘सन अफ मनजित सिंह’ रिलिज हुँदैछ, त्यसपछि शो आउँदैछ । त्यसपछि मात्र म विवाहबारे सोच्नेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप