शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डा. वैद्यलाई मानार्थ प्राध्यापक पद प्रदान

बिहीबार, २५ असोज २०७५, ०८ : १२
बिहीबार, २५ असोज २०७५

काठमाडौं - सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले प्राध्यापक डाक्टर जगदिश वैद्यलाई मानार्थ प्राध्यापक पद प्रदान गरेको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, प्राज्ञिक परिषदको सिफारिसबमोजिम शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत वैद्यलाई मानार्थ प्राध्यापक पद प्रदान गरिएको हो ।
 
वैद्यले शिक्षा क्षेत्रमा दिनुभएको योगदानको कदर गर्दै उहाँलाई मानार्थ प्राध्यापक पद प्रदान गरिएको सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक भूषण श्रेष्ठले जानकारी दिए ।

ललतिपुर महालक्ष्मी नगरापालिका ८ लुभूमा जन्मिएका वैद्य २०३५ साल हरिबोधनी एकादशीका दिनदेखि पशुपति क्षेत्र बागमती सरसफाइबाट समाजसेवा सुरु गरी हालसम्म पनि बागमती सरसफाइ अभियानमा सरिक हुँदै आएका छन् ।

उनले नेपालभरका विश्वविद्यालय, शैक्षिक प्रष्ठिान, प्रज्ञा प्रतिष्ठानलाई भारतको भूपालमा निर्माण भएको सिंगमरमरको हंसबाहिनी स्वरस्वतीको मूर्ति वितरण गर्ने योजनाअनुरुप सुदूर पश्चिमाञ्चल विश्वविद्यालयलाई पनि एक थान मूर्ति हस्तान्तरण गरेका थिए ।

बाढी, पहिरो, आगलागी, भूकम्पलगायत प्रकोपमा परेर पीडित भएकाहरुलाई वैद्यले सहयोग गर्दै आइरहेका छन् । नेपालका विभिन्न मठमन्दिर, वेदविद्याश्रम, वृद्याश्रम, बालाश्रमलाई समेत उनले सहयोग गदैृ आएका छन् ।

नोपलको लोपोन्मुख दुरा जातलाई निशुल्क छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन अध्यापन गराउने शिलशिलालाई उनले विस २०५० सालदेखि निरन्तरता दिएका छन् ।

उनले २०७४ सालमा नेपाल भरी जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने क्रममा काठमाडौंको दक्षिणकाली नगरपालिकाका ९ वटै वडामा बसोबास गर्ने जेष्ठ नागरिक, कुष्ठरोगी, पुरुष, महिला सबैलाई कपडा वितरण गरेका थिए । हाल उनी दक्षिणकाली नगरपालिकाको प्रमुख सल्लाहकार समेत छन् ।

वैद्यलाई नेपाल प्रज्ञा प्रतिष्ठानको आजिवन विशिष्ठ श्रेणीको प्रमुख सल्लाहकार पदमा समेत नियुक्ति गरिएको छ ।

निस्वार्थ भावनाले सेवा गरेमा सम्मानको कुनै कमी नहुने समाजसेवी वैद्यले प्रतिक्रिया दिए । अन्य विश्वविद्यालयबाट पनि मानार्थ दिने व्यवहोरा जानकारीमा आएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप