नेकपाको जिल्ला कमिटी घोषणा
काभ्रेपलाञ्चोक - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्लास्तरीय नेतृत्व सम्पन्न हुन समय लाग्ने भएपछि जिल्ला पार्टी कार्यालयले पूर्व एमाले र माओवादी केन्द्रका पदाधिकारी रहेको जिल्ला कमिटी घोषणा गरेको छ ।
जिल्ला कार्यालयमा नेकपा स्थायी कमिटी सदस्य एवं ३ नं प्रदेशका प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता तथा सहइञ्चार्ज हितबहादुर तामाङ तथा अध्यक्ष नारायण दाहालको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले जिल्ला तथा स्थानीय कमिटी चलायमान बनाउने निर्णय गरेको हो ।
बैठकले साविक एमालेका जिल्ला इञ्चार्ज ईश्वरी रिजाल, जिल्ला अध्यक्ष टोकबहादुर वाइबा, उपाध्यक्ष अशोक ब्याञ्जु, सचिव नारायण पाण्डे र उपसचिव इन्द्रबहादुर तामाङ तथा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज सूर्यमान दोङ, सहइञ्चार्ज तेजबहादुर मिजार, गङ्गाबहादुर दोङ, दीनानाथ गौतम र जिल्ला संयोजक रुकु चौलागाई रहेको कमिटीलाई दैनिक कार्य सञ्चालन गर्ने अधिकार दिएको छ ।
स्थानीयस्तरका पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न उक्त कमिटीलाई निर्देशन दिने निर्णय भएको कार्यालय सचिव वसुन्धरा हुमागाईंले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु