बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

फेवातालमा पौडी प्रतियोगिता

बिहीबार, २५ असोज २०७५, ०७ : ४२
बिहीबार, २५ असोज २०७५

कास्की - पोखराको फेवातालमा पौडी प्रतियोगिता हुने भएको छ । 

नेपाल पौडी सङ्घ र कास्की जिल्ला पौडी सङ्घको आयोजनामा असोज २६ गते फेवातालको दुई दशमलब पाँच किमी दूरीमा आठौँ खुल्ला पौडी प्रतियोगिता गरिने बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

पौडी खेलको विकास र विस्तार गरी खेल पर्यटनको विकासका लागि उक्त प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल पौडी सङ्घका महासचिव जगतमान श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार प्रतियोगितामा विदेशी पर्यटकसहित लगभग ५० जना सहभागी हुनेछन् । 

पुरुष र महिलाको छुट्टाछुट्टै मूल्याङ्कन गरिने र फेवातालको बाराहीघाटबाट पारी पुगेर पौडीबाजहरु पुनः बाराहीघाटमै फर्कने रुट तय गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप