शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका सुमन गुरुङको 'लै बरी लै' (भिडियो)

बिहीबार, २५ असोज २०७५, ०७ : ३७
बिहीबार, २५ असोज २०७५

काठमाडौं - गायिका सुमन गुरुङको नयाँ गीत सार्वजनिक भएको छ । ‘लै बरी लै..’ बोलमा रहेको गीत सुमनले सार्वजनिक गरेकी हुन् ।

लोक पप शैलीमा रहेको यस गीतमा शब्द तथा संगीत पनि सुमनकै छ ।
 
गम्भिर बिस्टले निर्देशन गरेको भिडियोमा युनिता खत्री, सुरबीर पण्डित (दारी बा), बिष्णु सापकोटा (हर्के हवल्दार), हत्टि नत्टि अनुपम श्रेष्ठ लगायत अन्य कलाकारको अभिनय छ ।

भिडियोमा युनिता र दारी बा बीचको तालमेललाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ ।

लामो समयको अन्तरालपछि पुनः संगीतमा फर्किएकी गायिका सुमनले चलचित्रलगायत अन्य गीतका लागि व्यस्त भएकाले आफ्नो गीतमा ढिलाई भएको बताइन् ।

गीत हेर्नुहोस्ः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप