शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुल्गेरियाली पत्रकारको हत्या आशंकामा एक व्यक्ति पक्राउ

बुधबार, २४ असोज २०७५, २० : २१
बुधबार, २४ असोज २०७५

सोफिया । जर्मन प्रहरीले बुल्गेरियाका टेलिभिजन पत्रकार भिक्टोरिया मारिनोभाको बलात्कार र हत्याको आशंकामा एक व्यक्तिलाई पक्राउ गरेको बुल्गेरियाली अधिकारीहरुले बताएका छन् । 

तर मारिनोभाको हत्या हुनुमा पत्रकारिता पेशा नभई व्यक्तिगत कारण रहेको बताइएको छ । 

तीस वर्षीया मारिनोभाको मृत शरीर उत्तरी बुल्गेरियाको रुज सहरको नदी किनाराको बाटोमा फालिएको अवस्थामा भेटिएको थियो । उनी रुजस्थित सानो निजी टीभीएन टेलिभिजन च्यानलका लागि समसामयिक कार्यक्रम सञ्चालन गर्थे । 

अधिकारीहरुले मारिनोभाको टाउकोमा गहिरो चोट लागेको र निस्सासिएर मृत्यु भएको बताएका छन् । बुल्गेरियाली अधिकारीहरुको अनुरोधमा जर्मन प्रहरीले शंकास्पद व्यक्तिलाई गिरफ्तार गरेको बुल्गेरियाका गृहमन्त्री म्लादेन मारिनोभले पत्रकारहरुलाई बताए । 

जर्मन प्रहरीले पनि बलात्कार, लुटपाट र हत्याको आशंकामा जर्मनीको ह्यामबर्ग नजिक स्टाड नगरबाट २० वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको पुष्टी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप