बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुप विविका चार संकायमा डिन नियुक्त

शनिबार, ०७ साउन २०७४, १० : ५४
शनिबार, ०७ साउन २०७४

कञ्चनपुर -सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले शुक्रबार चार संकायमा डिन नियुक्त गरेको छ । 

परिषद्ले विज्ञान तथा प्रविधि संकायका डिनमा सिद्धनाथ विज्ञान क्याम्पस भीमदत्तनगरका प्रमुख डा पूर्णबहादुर चन्द, व्यवस्थापन संकायका डिनमा कैलाली बहुमुखी क्याम्पसका पदमकान्त जोशी, शिक्षा संकायका डिनमा विश्वविद्यालयका सप्रा गोविन्द विष्ट र इन्जिनियरिङ संकायका डिनमा किशनदेव भट्टलाई नियुक्त गरेको हो । 

लामो समयदेखि रिक्त संकायमा चार डिनलाई चार वर्षका लागि नियुक्त गरिएको विश्वविद्यालय केन्द्रीय कार्यालयका उपप्रशासक गोविन्दबल्लव पन्तले बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप