बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सांगीतिक सम्मान तथा पुरस्कार प्रदान

बुधबार, २४ असोज २०७५, १९ : ३२
बुधबार, २४ असोज २०७५

काठमाडौं – नेपाल सांगीतिक संघले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय विशिष्ट सांगीतिक सम्मान तथा पुरस्कार–२०७५ वितरण गरिएको छ । राष्ट्रिय नाचघरमा बुधबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, तथा सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले संयुक्त रूपमा पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।

कार्यक्रममा पुष्प नेपाली विशिष्ट सांगीतिक सम्मान, भोला जोशी बरिष्ठ कलासाधक, शिवशंकर मानन्धर विशिष्ठ सांगीतिक सम्मान, बुलु मुकारुङ संगीत अन्वेषक, आनन्द कार्की फत्तेमान राजभण्डारी विशिष्ट सांगीतिक, रत्नशमशेर थापा प्रदीप रिमाल विशिष्ट सांगीतिक सम्मान र संगीतकार शम्भुजित बास्कोटा लालसमुन्द्रा बहुप्रतिभाशाली विशिष्ठ सांगीतिक सम्मानबाट सम्मानित भए । सबैलाई पुरस्कारको साथमा जनही नगद रु २५ हजार समेत रहेको छ । 

त्यस्तै मधुबाबु थापालाई नगद १५ हजारसहित विशिष्ट सांगीतिक सम्मान प्रधान गरिएको कार्यक्रममा कला पत्रकार सांगीतिक राष्ट्रिय सम्मानबाट नगद १० हजारसहित पत्रकार  अनन्त वाग्ले सम्मानित भए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप