शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

८ वर्षपछि फरार अपराधी पक्राउ

बुधबार, २४ असोज २०७५, १८ : ५४
बुधबार, २४ असोज २०७५

बर्दिया । कर्तव्य ज्यान मुद्दामा कैद सजाय तोकिई फरार रहेका एक युवकलाई आठ वर्षपछि आज प्रहरीले पक्राउ गरेको छ । 

गुलरिया नगरपालिका–१२ भैसाहीका २० वर्ष कैद सजाय तोकिएका ३९ वर्षीय शङ्खर थारुलाई प्रहरीले घरमै लुकिछिपी रहेको अवस्थामा आज बिहान पक्राउ गरेको हो । 

सोही ठाउँका ३० वर्षीय छोतेलाल थारुको २०६७ जेठ १४ गते हत्या गरी फरार रहेका थारुलाई सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए । 

बर्दिया जिल्ला अदालतले २०७२ माघ १३ गते घटनाका आरोपीलाई दोषी ठहर गरी सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप