शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लय र रेखा थापालाई हरितारा चलचित्र पुरस्कार

बुधबार, २४ असोज २०७५, १८ : ०५
बुधबार, २४ असोज २०७५

काठमाडौं– यस बर्षको हरितारा चलचित्र पुरस्कार अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री तथा निर्माता/निर्देशक रेखा थापालाई प्रदान गरिने भएको छ । संरक्षक मनोजशम्सेर जवराको अध्यक्षतामा बसेको वैठकले बुधबार पुरस्कारको यो निर्णय गरेको हो ।

लय ३ दशकभन्दा बढी समयदेखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्रमा क्रियाशील छन् । त्यस्तै दुई दशकभन्दा बढी समय अभिनयमा क्रियाशील रेखा पछिल्लो समय चलचित्र निर्माण र निर्देशन क्रियाशील रहँदै आएकी छन् । हरितारा चलचित्र पुरस्कारको राशी जनही २५ हजार रहेको छ । 

त्यसैगरि परिवर्तन नेपालको कार्यसमितिको वैठकले ३ दशकदेखि नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पुर्याएवापत अभिनेता उत्तम केसी र नेपाली रंग पत्रकारिता मार्फत ३ दशकदेखि क्रियाशील विजयरत्न तुलाधरलाई श्रीमती दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशी जनही १० हजारको रहेको छ । 

सोही कार्यक्रममा अभिनेता निर्देशक रामकाजि घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोविता सिम्खडालाई परिवर्तन सम्मान २०७५बाट सम्मान गरिने भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप