स्याङ्जाको वालिङमा यामाहाको नयाँ शोरुम
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबारबाट स्याङ्जाको वालिङमा नयाँ डिलर सुरु गरेको छ ।
एमएडब्लुले ओशो ट्रेड्स प्रा.लि.मार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । स्याङ्जा र आसपासको क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई दृष्टिगत गरी नयाँ डिलरसिप सुरु गरिएको हो ।
नयाँ शोरुमको उद्घाटन स्याङ्जा नगरपालिकाका उपमेयर कल्पना तिवारीले गरेकी थिइन् ओशो ट्रेड्सबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनेछन् ।
पर्फमेन्स र स्टाइलका कारण युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको सोरुम सुरु गर्नु गौरवको कुरा भएको ओशो ट्रेड्सका प्रबन्ध निर्देशक रामजी पौडेलले बताए । उनले यामाहा ब्रान्डका दुईपाँग्रे खरिद तथा सर्भिस गर्न टाढा धाइरहनुनपर्ने बताए । ‘यहाँबाट हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन रहनेछन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन्,’ उनले भने ।
यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र एफजीएस एफआई डबल डिस्क पनि बजारमा ल्याएको छ । साथै, फेजर प्लेटफर्मको फेजर२५ले पनि राइडरहरुलाई आकर्षित गरिरहेको छ ।
एमएडब्लुले नाडा अटो सोमार्फत आर१५ भी३, एक्सटिजेड र रे जेडआर स्ट्रिट ¥याली गरी तीन वटा नयाँ मोडेल सार्वजनिक गरेको थियो । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।
यामाहाले दसैंतिहारको अवसरमा नयाँ ग्राहक योजना ल्याएको छ जसमा यामाहाका मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले कम्तीमा सात हजारदेखि १ लाखसम्म नगद छुट स्क्र्याचमार्फत पाउनेछन् । साथै, हरेक साता एक जना भाग्यशाली ग्राहकले यामाहा आर३ जित्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह