बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१३ मान्छे खाएको बाघ शिकार गर्न दुई कुकुर छाडियोः यस्तो हुन्छ बाघ मार्ने कुकुर

बुधबार, २४ असोज २०७५, १७ : ३१
बुधबार, २४ असोज २०७५

एजेन्सी । भारतको महाराष्ट्र जिल्लाको पाँढरकावडा क्षेत्र केही दिनदेखि त्रसित छ । उक्त क्षेत्रमा एक नरभक्षी बघिनी चिडियाखानाबाट फुत्केर खुल्ला हिँडिरहेको छ । 

टी१ नाम दिइएको उक्त बघिनीले पछिल्लो केही दिनभित्र उक्त क्षेत्रको १३ मानिस र कयौं जनावरहरु मारिसकेको छ । 

अफसोचको कुरा बघिनीलाई समात्न वन विभागले गरिरहेको कयौं दिनको प्रयास सफल हुन सकेको छैन । वन रेन्जरहरु नरभक्षि समात्नकै लागि दिनरात गस्ति गरिरहेका छन् ।  

प्रशासनले अब बघिनी समात्ने आफ्नो कोसिसको सिलसिलामा सोमबार एक थप विकल्प अघि सारेको छ । सोमबारबाट बघिनीको शिकार गर्न ‘केन कोरसो’ प्रजातिको दुई शिकारी कुकुर परिचालन गरिएको छ । 

सम्भवत भारतमा बाघलाई पक्रन शिकारी कुकुर प्रयोग गरिएको यो पहिलो पटक हो । कुकुरलाई बाघको पछाडि छोड्नु अघि चिडियाखानामा रहँदाको उसको खोरमा गरेको पिसाब सुघाईंको थियो । 

केन कोरसो रोमन शासनसम्म पछाडि गएको निक्कै पुरानो जातको इटालियन कुकुर हो । यसलाई सम्पतीको सुरक्षा गर्न र जंगली भालुको शिकारको लागि विकास गरिएको हो । यो नश्लको कुकुर निक्कै बलियो हुन्छ र यो बाघसँग पनि डराउँदैन । 

केन कोरसो प्रजातिको एक कुकुरलाई भारु ६ लाख बराबर पर्छ । टी१  बघिनीको शिकार गर्न प्रयोग गर्न लागिएको कुकुर हैदरावाद निवासी सार्पसुटर नवाब शफथ अलि खानको हो । यी कुकुरहरु उनको तारबारयुक्त दरबारको प्रांगणमा बस्ने गर्थे । 

भारतीय पत्रिका टाइम्स अफ इण्डियासँग कुरा गर्दै वन्यजन्तु आरक्षको प्रमुख संरक्षणकर्ता एके मिश्राले यसलाई पुष्टि गर्दै भने, ‘ठूलो प्रयासपछि केन कारसोलाई सोमबार मैदानमा उतारिएको छ ।’

मिश्राले बघिनीलाई लिएर आफूहरुको सबैभन्दा ठूलो डर भनेको उसलाई भेट्दै नभेट्ने हो कि भन्ने रहेको बताए । ‘उसले दुई वटा घोडा मारिसकेको, तर हामीले जालमा पार्न राखेको जीवतर्फ गइन् । क्यामेरा ट्रयापमा पनि उसको तस्बिरहरु भेटिएको छैन । उसलाई बेहोस बनाउनको लागि पहिले त उसको अवस्थिति पत्ता लगाउनुप¥यो । उ लुकेको ठाँउ पत्ता लागेपछि बल्ल कुकुरहरुलाई प्रयोग गरेर बाहिर निकाल्न सकिन्छ,’ उनले भने ।

यो कुकुरमा खास के हो ?
केन कोरसोको सम्पत्ति, पशुहरु र परिवारको सुरक्षाको लागि प्रयोग गरिन्छ । इतिहासलाई हेर्ने हो भने यसले रात्रिकालिन चौकिदारको भूमिका निभाउँछन् । 

अमेरिकन केनेल क्लबका अनुसार यो कुकुरको उचाई २५ देखि २८ इन्च हुन्छ र जीवनकाल ९–१२ वर्ष हुन्छ । ४५–५० किलो सम्म वजन हुने यो कुकुरको टाउको भने निक्कै ठूलो हुने गर्छ । 

यो कुकुर फुर्तिलो, तालिम दिन योग्य, निडर हुने बताइन्छ । यही कारण यो कुकुर संसारका कयौं देशहरुमा प्रहरी कुकुरको रुपमा प्रयोग पनि गरिन्छ । 

२० औं शताब्दीमा यसको मुल थलो दक्षिण इटालीको ग्रामिण क्षेत्रमा रहेका फार्महरुमा रुपान्तरण हुन थालेपछि यसको प्रयोग घट्न थालेपछि यो कुकुर दुर्लभ हुन थालेको थियो । त्यसबेला यो कुकुर बचाउन कयौं समूहहरु बनेका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप