शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दोहोरो करको असर : भेडा च्याङ्ग्राको मासु किलोमै ३ सय रुपैयाँ महँगो (भिडियो)

बुधबार, २४ असोज २०७५, १७ : ०२
बुधबार, २४ असोज २०७५

भक्तपुर – हिन्दु धर्मावलम्बीको महान पर्व दशैंमा लत्ताकपडादेखि खुद्रा सामानसम्मको माग ह्वात्तै बढ्छ नै खसीबोका र भेडा च्याङ्ग्राको पनि उत्तिकै खपत हुन्छ । 

यही क्रममा काठमाडौंको मागलाई धान्न मुस्ताङबाट आयात गरिएको भेडा– च्याङ्ग्रा भक्तपुरको सल्लाघारीमा आइपुगेका छन् । .

मासुका लागि भारतबाट खसीबोका र भेडा च्याङ्ग्रा देशको हिमाली भेगका साथै चीनबाट समेत भेडा आयात गरिँदै आएको छ । 

हिमाली भागबाट आयात हुने भेडा च्याङ्ग्रा जडिबुटी खाएर हुर्कने र यसको मासु स्वास्थका लागि लाभदायी हुने भएकाले सर्वसाधरणको रोजाईमा पर्ने गर्दछ । 

तर, स्थानीय सरकारले यसरी आयात गरिएका भेडाच्याङ्ग्रामा निकासी कर लिँदा महंगोमा बेच्नुपर्ने अवस्था आएको व्यापारी पशुपति सिलवालले बताए । 

विगत १८ वर्षदेखि भेडाच्याङ्ग्रा व्यापार गर्दै आएका उनले भने ‘नेपाल त अब ७ वटा देशजस्तो भएछ, एउटा खोल्छा तरेको छैन फेरि कर लाग्ने अवस्था आएछ । ’

मुस्ताङबाट म्यादी, पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ, काठमाडौं हुँदै भक्तपुरको सल्लाघारीसम्म भेडाच्याङ्ग्रा ल्याउँदा आधा दर्जन भन्दा धेरै स्थानमा कर तिर्नु परेको उनले बताए । 

केन्द्रीय सरकारले खसी, बोका र भेडा, च्याङ्ग्रामा कर नलिन आग्रह गरेपनि स्थानीय सरकारले अटरे गरेपछि त्यसको प्रत्यक्ष मारमा भने आम सर्वसाधरण पर्ने भएका हुन् ।

एक ठाउँमा तिरेपछि अन्यत्र पनि थप कर तिर्नुपर्ने र केही महंगी समेत बढेकाले यो वर्ष तयारी मासुमा ३ सयसम्म भाउ बढेको व्यापारीहरुको भनाई छ ।

गतवर्ष जिउँदो च्याङ्ग्रा प्रति केजी ६ सय पचास रुपैयाँमा विक्रि भएको थियो । यो वर्ष बुधबार व्यापारीले ७ सय ५० रुपैयाँ मूल्य तोकेका छन् । तयारी मासु गत वर्ष १ हजार २ सय देखि ३ सय रुपैयाँसम्म तय गरिएको थियो । यो वर्ष तयारी मासुको मुल्य १ हजार ६ सय तोकिएको छ । 

 विगतका वर्षमा झन्डै ३५ सय देखि चार हजार सम्म च्याँग्रा बिक्रि हुने भक्तपुरको सल्लाघारीमा मंगलबार साँझदेखि भेडा च्याङ्ग्रा भित्रिने क्रम जारी छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप