बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियालाई जितका लागि ४६२ रनको चुनौती

बुधबार, २४ असोज २०७५, १६ : ४१
बुधबार, २४ असोज २०७५

दुबई– पाकिस्तानले दुबईमा जारी पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलियासामु जितका लागि ४६२ रनको विशाल चुनौती दिएको छ । बुधबार अपराह्न पाकिस्तानले दोस्रो इनिङमा ६ विकेट गुमाएर १८१ रन बनाई पाली समाप्तिको घोषणा गरेको थियो । 

तीन विकेटको क्षतिमा ४५ रनबाट खेल्न थालेको पाकिस्तानका लागि इमाम–उल–हकले ४८, हरिस सोहेलले ३९ तथा असाद सफिकले ४१ रन बनाएका थिए । 

पाकिस्तानले पहिलो इनिङमा ४८२ रन बनाएको थियो । पहिलो इनिङमा अस्ट्रेलियाले २०२ रन बनाई अलआउट भएको थियो । 

अस्ट्रेलियाका लागि स्पिनर जोन होल्यान्डले ३ र नाथान लायनले २ विकेट लिएका थिए । 

दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट अबुधाबीमा अक्टोबर १६ देखि शुरु हुँदैछ । –एएफपी
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप