शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोल्डफिश इन्टरनेशनल अब नेपाल एसएमएल इसुजुको आधिकारीक बिक्रेता

बुधबार, २४ असोज २०७५, १६ : ३५
बुधबार, २४ असोज २०७५

एसएमएल इसुजुले लक्ष्मी समुह अन्तर्गत एक संस्था गोल्डफिश इन्टरनेशनललई नेपालको लागि आधिकारीक विक्रेताको रुपमा नियुक्त गरेको छ । एसएमएल इसुजुले उत्कृष्ट उत्पादनको साथै उत्कृष्ट सेवा दिने बाँचा गरेको छ ।

लक्ष्मी समुहले उपभोक्ताहरुलाई खोजेको जस्तै विश्वस्तरीय उत्पादन तथा गुणस्तरीय सेवा दिदै आएको छ, जुन नेपाली बजारका लागि उपयुक्त छ । नेपालको बाटोको अवस्थालाई ध्यानमा राखी एसएमएल इसुजुले विभिन्न थरीका आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, टिपर हरु लिएर आएको छ । 

एसएमएल इसुजुले व्यवसायिक प्रायोजनको लागि गाडी उत्पादन गर्दै आएको ३३ वर्ष भन्दा बढी भएको छ । लक्ष्मी समुह एक स्थापित व्यवसाय निर्माण कम्पनी हो, जस अन्तर्गत धेरै कम्पनीहरु पर्दछन् ।

अटोमोबाईल क्षेत्रमा एक भिन्न परिचय बनाउनका लागी कम्पनीले धेरै पहिले देखि अटोमोटिभस् डिभिजन सुरु गर्दै आइरहेको छ । नेपालको लागी  लक्ष्मी प्रीमियम मोटर र गोल्डफिश इन्टरनेशनलले व्यापारिक प्रायोजनका लागी सवारी लिएर आएको छ ।  


    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप