शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तीन वर्षपछि बुद्ध एयर पब्लिक कम्पनीमा जाने

बुधबार, २४ असोज २०७५, १६ : २८
बुधबार, २४ असोज २०७५

काठमाडौं–बुद्ध एयरले अबको तीन वर्षपछि आफ्ना उडानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने भएको छ ।

 पोखराको अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यहाँबाट अन्तर्राष्ट्रिय उडान भर्ने तयारी रहेको बुद्ध एयरले जनाएको छ । 

एयरलाइन्सका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले अन्तर्राष्ट्रिय उडानलाई नै पब्लिकको रुपमा लैजाने बताए । 

बुद्ध एयरले अहिले प्राइभेट कम्पनीको रुपमा रहेर आन्तरिक र क्षेत्रीय उडान भरिरहेको छ । पोखरा बिमानस्थल बनेपछि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने बस्नेतले जानकारी दिए । 

अन्तर्राष्ट्रिय उडानको ३० प्रतिशत सेयर मात्र आफूले राख्ने, ३० प्रतिशत रणनीतिक साझेदार र बाँकी हवाइक्षेत्रमा आउन चाहनेलाई दिने उनले बताए । 

यद्यपि, बुद्ध एयरले आन्तरिक उडानतर्फ भने आफैँले राख्ने अर्थात पब्लिकमा नजाने भनेको छ । 

बुद्धले अन्तर्राष्ट्रिय उडानको लागि लाइसेन्स पाएर काठमाडौंबाट भारत उडान गरिरहेको छ । पोखरा विमानस्थल सञ्चालनमा आएपछि भने त्यही ठाउँलाई आधार बनाएर भारत र चाइनामा उडान भर्ने जनाएको छ । सन् २०२१ बाट पोखरा विमास्थल सञ्चालनमा आउने भनिएको छ । 

आजैदेखि बुद्ध एयर २२ औ वर्षमा पनि प्रवेश गरेको छ । बुद्धले भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगंज, पोखरा र भरतपुरमा उडान गरिरहेको छ । काठमाडौबाट भारतको बनारसमा पनि नियमित उडान शुरु गरेको छ । 

बुद्ध एयरले नेपालगञ्जबाट नयाँ दिल्ली उडान गर्ने योजना समेत बनाएको छ । पहिलो पटक १९०० डि जहाज मार्फत उडान शुरु गरेको बुद्ध एयरको अहिले दुई वटा १९०० डि बिचक्राफ्ट, चारवटा एटिआर ४२ र पाँच वटा एटिआर ७२ जहाज रहेका छन् । 

बुद्ध एयरले पहिलोपटक १९९७ मा आन्तरिक उडानबाट आफ्नो उडान यात्रा शुरु गरेको हो । यसले आन्तरिक उडानमा एटिआरबाट मात्रै सेवा दिने बुद्धले भनेको छ । बुद्ध एयर आन्तरिक उडानमा स्थापित भइसकेको एयरलाइन्स कम्पनी हो  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप