शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हुण्डाईको नयाँ थ्रिएस सेन्टर अब बिरगंजमा

बुधबार, २४ असोज २०७५, १६ : २६
बुधबार, २४ असोज २०७५

काठमाण्डौं । नेपालका लागि हुण्डाई गाडिको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टलले एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्य सहित बिरगंज  स्थित आफ्नो डिलर  अरचिड मोटो कर्पको संयोजकत्वमा नयाँ थ्रिएस सेन्टर संचालनमा ल्याएको छ ।

बिरगंज र वरपरका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडिको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिेएको कम्पनीले जनाएको छ । बिरगंजको मुख्य स्थानमा स्थापना गरिएको नयाँ हुण्डाई थ्रिएस सेन्टरको सोेरुममा ३ देखि ४ वटा सम्म गाडि डिस्प्ले हुनेछ, उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु, तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ ।

यसको उत्कृष्ट सर्भिस सेन्टरमा प्रति महिना ३०० वटा सम्म गाडिलाई सेवा दिने क्षमता रहनुको साथै प्रशस्त पार्किङ्ग व्यवस्था पनि छ । साथै यस सेन्टरमा प्रशस्त हुण्डाई जेनुइन् पार्ट्स पनि उपलब्ध हुनेछ । हुण्डाई तालिम केन्द्रबाट विशेष तालिम प्राप्त हुण्डाई कर्मचारीहरुले यस सेन्टर मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नेछन् ।

लक्ष्मी ईन्टरकन्टिनेन्टलले उपत्यका बाहेकका ठाउँमा पनि उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्य सहित काठमाण्डौं, पोखरा, नारायणघाट, बुटवल, दाङ, बिर्तामोड, जनकपुर, बिराटनगर, धनगढी, इटहरी, नेपालगञ्ज र बिरगंज जस्ता प्रमुख शहरहरुमा १४ वटा डिलरसिप स्थापना गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप