बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पपीडितलाई आर्थिक सहयोग

शनिबार, ०७ साउन २०७४, १० : ३४
शनिबार, ०७ साउन २०७४

पोखरा-नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ३९ औँ स्मृति दिवसका अवसरमा शुक्रबार भूकम्पपीडितलाई आर्थिक सहयोग र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको छ । 

पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीद्वारा आयोजित ‘वर्तमान अवस्थामा पुष्पलालको योगदान र जनप्रतिनिधिको दायित्व’ विषयको प्रवचन कार्यक्रममा कास्की जिल्लाअन्तर्गत भूकम्पबाट क्षति पुगेर पनि राज्यका तर्पmबाट कुनै सुविधा नपाएका पाँच परिवारलाई जम्मा रु ५० हजार आर्थिक सहयोग गरिनाका साथै पार्टीका तर्पmबाट स्थानीय तहमा निर्वाचित ९५ जनप्रतिनिधिलाई सम्मान गरियो । 

कार्यक्रममा रुपा गाउँपालिका–७ दाङ सिम¥याङकी प्रमिला परियार, पोखरा लेखनाथ महानगरपालिका–१३ का कृष्ण परियार, २८ माझठानाका राजकुमार गुरुङ, निर्मलपोखरी २१ का गुमा विक र सोविता विकलाई नगद प्रदान गरिएको थियो । 

सो अवसरमा नेकपा ९एमाले० पोलिटब्युरो सदस्य एवं प्रदेश नं ४ का संयोजक किरण गुरुङले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको अनुकरणीय योगदान रहेको बताउँदै जनताप्रति उत्तरदायी भएर काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभयो । 

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले पुष्पलालको परिकल्पनानुरुप नै मुलुकमा सिंहदरबारको अधिकार जनताको घरदैलोमा आएको बताउँदै प्राप्त उपलब्धिको रक्षा गर्नु जनप्रतिनिधिको महत्वपूर्ण दायित्व हो भन्नुभयो । 

एमालेका केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले ‘पुष्पलालको योगदान र जनप्रतिनिधिको दायित्व’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै जनप्रतिनिधि भ्रष्टाचारमुक्त र अध्ययनशील हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विजयबाबु वनवासी, पोखरा लेखनाथ महानगरपालिकाका उपप्रमुख मञ्जु गुरुङ, मादी गाउँपालिकाका प्रमुख वेदबहादुर गुरुङ, प्रतिष्ठानका उपाध्यक्ष गोपाल गिरी, सचिव महेन्द्र रिमाललगायतले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पु¥याउनुभएको योगदान अतुलनीय रहेको बताउनुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप