शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेयर बजारमा दशैंको प्रभाव, झिनो अंकले बढेको बजारमा कारोबार न्यून

बुधबार, २४ असोज २०७५, १६ : ०९
बुधबार, २४ असोज २०७५

काठमाडौं–आज दशैको पहिलो दिन घटस्थापना हो । सेयर बजारमा दशैंको प्रभाव छर्लङ्गै देखिएको छ । 

यस दिन ०.४० अंकले बढेको बजारमा २ करोड ६५ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्रि भएको छ । 

बैंकिङ  र उत्पादन तथा प्रशोधन समुह बाहेक सबै समुहमा गिरावट आएको छ । बैंकिङ समुह २.३८ अंकले घटेको छ भने उत्पादन तथा प्रशोधन समुह ६.१५ अंकले घटेको छ । 

होटल, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जिवन बिमा, जीवन बिमा, माइक्रो फाइनान्स, अन्य समुहमा गिरावट आएको छ । बजार घट्दा सबैभन्दा बढी सानीमा माइ हाइड्रोपावरको ३ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रो बढीमा माछापुछ्रे बैंकको १ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप