बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि बुटवलमा सस्तो दशैं बजार सुरु

बुधबार, २४ असोज २०७५, १५ : ५०
बुधबार, २४ असोज २०७५

बुटवल– बुटवलको मण्डपमा व्यापर मेला चलिरहेका बेला बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि बुटवलमा सस्तो दशैं बजार शुरु गरेको छ । पाँच दिनसम्म चल्ने दशैं बजारमा दैनिक उपभोग्य वस्तुहरु, फेन्सी कपडा, गार्मेन्ट, इलेक्टोनिक्स, जुत्ता चप्पल, माछा लगायतका ४० वटा स्टल रहेका छन् ।

दशैं बजारमा चिनी प्रति किलोग्राम ५८ रुपैयाँ, डीडीसी घिउ प्रति किलोग्राम ८ सय १० रुपैयाँमा उपलब्ध हुनेछ । दशैं बजारमा घिउ प्रति किलोग्राम ५० रुपैयाँ र  खाने तेल पनि  बजार मूल्यभन्दा प्रति कार्टुन ५० देखि ७० रुपैयाँ सस्तोमा किन्न पाइने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेमबहादुर हमालले बताए ।

दशैं बजारको अर्को आकर्षणको रुपमा नयाँ नोट साट्न पाइने रहेको छ । संघको सस्तो दशैं बजारमा आउने सर्वसाधारणले ५ हजार रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था मिलाइएको संघका वाणिज्य उपाध्यक्ष हरि अर्यालले बताए ।

संघले विगत ७ वर्षदेखि सर्वसाधारणलाई लक्षित गरी नयाँ नोट उपलब्ध गराउँदै आएको छ । दशैंमा टिका लगाउने हरेक परिवारलाई दक्षिणा दिन नयाँ नोट अनिवार्य आवश्यक पर्ने तर बैंकमा जाने पहुँच नभएका सर्वसाधारणलाई संघको यस कार्यले निकै सहजता भएको छ ।

चाडपर्वका बेला बढी खपत हुने चिनीको अभाव हुने समस्यालाई मध्यनजर गरेर संघले विगतदेखि नै बजारमूल्य भन्दा सस्तो दरमा नेपाली गुणस्तरीय चिनी उपभोक्तालाई उपलब्ध गराउँदै आएको हो । संघले दशैं बजारमा कम्तिमा एक करोड नयाँ नोट, १० क्विन्टल चिनी, ५ सय केजी घिउ सर्वसाधारणलाई दिनेछ ।

यसपटकको दशैं बजारमा कम्तिमा १० हजार व्यक्तिले किनमेल गर्ने र एक करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले बताए ।

संघको मेलामा गुणस्तरलाई प्रमुख प्राथमिकतामा राखेर गुणस्तरीय र ब्राण्डेड सामान मात्र बिक्रीका लागि राखिने संघले बताएको छ ।  उद्योग बाणिज्य संघले प्रत्येक बर्ष दशै बजार सञ्चालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप