शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोरखापत्रलाई अझ पठनीय बनाउँछु : अध्यक्ष भण्डारी

बुधबार, २४ असोज २०७५, १५ : १७
बुधबार, २४ असोज २०७५

काठमाडौँ– गोरखापत्रका नवनियुक्त कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले राष्ट्रिय समाचार समिति (रासस)सँग सहकार्य गरेर गोरखापत्रलाई अझ पठनीय बनाइने बताएका छन् । 

आज गोरखापत्रमा आयोजित पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘राससलाई हामीले भुल्नु हुँदैन । रासससँग सहकार्य गरेर नै गोरखापत्रलाई अझ राम्रो पठनीय बनाइने छ ।’ 

गोरखापत्र नेपालको पत्रकारिता जगत्को सम्पदा भएकाले यसको संरक्षण गर्न जरुरी रहेको भन्दै नयाँ प्रकारका समाचार, लेख र विचारबाट गोरखापत्रको पुरानो परिभाषा बदल्नुपर्ने उनको भनाइ रहेको थियो । कार्यकारी अध्यक्ष भण्डारीले भने, ‘आफू जागीर खान नआएको भन्दै गोरखापत्रलाई तीन करोड नेपालीको पत्रिका बनाउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।’ 

‘अन्य पत्रिकाको तुलनामा गोरखापत्र सबैको पत्रिका बनाइनेछ’ उनले भने, ‘छापा पत्रकारिता भनेको नै गोरखापत्र हो भन्ने बनाउने हो । त्यसका लागि सम्पादकीय सशक्त हुनु पर्दछ ।’ उनले मुलुक नयाँ युगमा प्रवेश गरेकाले गोरखापत्रले सरकार र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने बताए । 

कार्यकारी अध्यक्ष भण्डारीले सम्पादकीय समूह र कर्मचारीको सहयोगबाट नै गोरखापत्रलाई नयाँ उचाइमा पुर्याउने समेत बताए । कार्यक्रममा गोरखापत्रका निमित्त प्रधानसम्पादक श्रीओम श्रेष्ठले आफ्नो स्तम्भबाट आमपाठकलाई पुर्याएको योगदान सरहकै अपेक्षा कार्यकारी अध्यक्षबाट गोरखापत्रले पनि चाहेको बताए । 

कार्यक्रममा ‘द राइजिङ नेपाल’का निमित्त प्रधानसम्पादक जगदीश पोखरेल, गोरखापत्रका प्रबन्ध सम्पादक हरिकला अधिकारी, गोरखापत्र सञ्चालक समितिका सदस्य मुकुन्द चिमोरिया, आधिकारिक ट्रेड युनियन अध्यक्ष विष्णु खनालले नवनियुक्त अध्यक्षको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका छन्  । 

उनलाई गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चार वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप